नवलपरासी । पूर्वी नवलपरासीको अस्थायी कोरोना अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरबाट ४७ जनाले कोरोना जितेका छन् ।
चिकित्सालयका अनुसार विभिन्न उमेर समूहका ६ महिला तथा ४१ पुरुष आइसोलेसन छोडेर घर फर्किएका हुन् ।
घर फिर्नेहरुमा गैँडाकोटका ७ जना, देवचुली नगरपालिकाका ६ जना, सदरमुकाम कावासोतीका ८ जना र मध्यविन्दुका २ जना छन् ।
यसैगरी, पहाडी बुलिङ्टार गाउँपालिकाका १३ जना, बौदिकालिकाका ३ जना, हुप्सेकोटका २ जना र विनयी त्रिवेणीका ६ जना छन् ।
साउन ९ मा न्यानो फ्यारेन्जियल नमूना संकलन गरी पोखरामा गरिएको आरटी पीसिआर परीक्षणमा घर फर्कने सबैको नतिजा नेगेटिभ आएको थियो । यसअघि यहाँको आइसोलेसनबाट एकैपटक ६३ जनाले कोरोना जितेर घर फर्केका थिए ।
हाल आइसोलेसनमा ४१ जनाले उपचार गराइरहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताए ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भई आइसोलेसन पुगेदेखि यहाँको प्राकृतिक उपचार पद्दति र मनोरञ्जनपूर्ण योगाभ्यासले कोरोनालाई सहजै जितेको घर फर्कनेहरुले बताए ।
चिकित्सालयका निर्देशक डा विनोद पौडेलले योग ध्यानसाथ आत्मवल वृद्धिका लागि मनोपरामर्स, प्रतिरोधी क्षमता विकासमा स्वस्थ भोजनसहित विजांकुरित गेडागुडी, गुर्जो, अश्वगन्धाजस्ता जडिबुटी दिने गरिएको जानकारी दिए ।
डा पौडेलका अनुसार चिकित्सालयमा संक्रमितको उपचारभन्दा पनि उनीहरुमा रहेको भाइरस कसरी कम गर्न सकिन्छ भनेर आहारविहार सहितका प्राकृतिक विधि अपनाउने गरिएको छ ।
संक्रमण रोक्न दूधबेसार सेवन, घाँटी सफा राख्न जलनीति, उत्साह र स्फूर्तिका लागि नित्य, गायन तथा नृत्यमा सरिक गराइने गरिएको डा पौडेलले बताए।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१