विद्यार्थीलाई अध्ययन सामग्री वितरण

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७७
20200726_124010

पोखरा । कोभिड–१९ ले विद्यालय जान नपाई विद्यार्थीको पढाइ प्रभावित भएपछि पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वअध्ययन पुस्तक वितरण सुरु गरेको छ ।

महानगर शिक्षा महाशाखाले ‘स्वअध्ययन सामग्री’ तयार पारी आइतबारदेखि विभिन्न विद्यालयका विद्यार्थीलाई वितरण सुरु गरेको हो । पहिलो दिन विभिन्न वडाका ७८ विद्यालयका ४९ सय विद्यार्थीलाई सामग्री वितरण गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।

अध्ययन सामग्री पोखरा २८ मा महानगर प्रमुख मानबहादुर जिसी, वडा २४ मा उपमेयर मञ्जुदेवी गुरुङ, वडा २३ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र वडा ३३ मा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यालयका सम्बन्धित प्रअमार्फत विद्यार्थीलाई ती सामग्री हस्तान्तरण गरे । यसअघि वडा २० का विद्यार्थीलाई त्यस्ता सामग्री दिइएको थियो । अन्य विद्यालयहरुलाई समेत महानगरले क्रमशः वितरण गर्दै जाने जनाइएको छ ।

महानगरका ३८ विद्यालयलाई आवश्यक स्वअध्ययन सामग्रीको प्रकाशन राइट फर चिल्ड्रेन र कक्षा १ देखि ३ सम्म हिमालय बुद्ध फाउण्डेशनले प्रकाशनमा सहयोग गरेको हो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार स्वअध्ययन सामग्री वितरण सुरु गरिएको शिक्षा महाशाखा अधिकृत वसन्तराज पौडेलले बताए । ती पुस्तकमा ९० दिन कार्ययोजना समावेश गरिएको छ ।

उपप्रमुख गुरुङले बालबालिकलाई शैक्षिक क्रियाकलापबाट टाढा हुन नदिन वैकल्पिक शिक्षा मार्फत जोड्ने काम महानगरले गरिरहेको दाबी गरिन् । सो अभियानअन्तर्गत साउन १२ मा विभिन्न ८ वटा वडाका विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिनेछ । त्यस्तै, महानगरपालिकाले विद्यार्थीमा सकारात्मक ऊर्जा सिर्जना गर्न र प्रतिभा प्रस्फुटन गराउन टेलिभिजन कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width