आदर्श चौतारीको सहयोग

आदर्श समाज संवाददाता
श्रावण ११, २०७७
Damu Photo

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रामघाटमा विरुवा गोडमेल, सरसफाइ र सहयोग हस्तान्तरण कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले कार्यक्रमको शुभारम्भ गर्दै अस्पताल हाताभित्र स्वच्छ, सफा राख्ने पहल गरेकोमा क्लबप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।

सो अवसरमा क्लबका सचिव दामोदर आचार्यले बुबा घनश्याम आचार्यको स्मृतिमा एक थान बेन्च अस्पताललाई हस्तान्तरण गरेका थिए ।

क्लवका अध्यक्ष मोहनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पिआरओ चिफ रामबहादुर बसेल, कलस्टर चिफ माधव पौडेल, निवर्तमान अध्यक्ष भरतराज सिग्देललगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा स्वागत मन्तव्य संयोजक वसन्तराज कोइराला र सञ्चालन सचिव दामोदर आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width