प्रशासनजनमुखी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण–मुख्यमन्त्री गुरुङ

रासस
श्रावण ११, २०७७
Prithvisubba Gurung

पोखरा, ११ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उनले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने प्रमुख माध्यम कर्मचारी संयन्त्र भएको उल्लेख गरे ।

प्रदेशमा राम्रो काम गर्ने कर्मचारीको मनोवल उच्च बनाउन सरकारले उचित मूल्याङ्कन गर्दै पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै उनले यसबाट काममा लगनशीलता एवं जिम्मेवारिता बढ्ने विश्वास लिइएको बताए । महामारीका रुपमा पैmलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार जिल्लास्थित अस्पताललाई साधनस्रोत सम्पन्न बनाउनेतर्पm सरकार लागेको उनले जानकारी दिए ।

त्यस अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याल, सचिव दलबहादुर अधिकारीसहित विभिन्न कर्मचारीहरुलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी समाल्न लागेका प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याललाई मायाको चिनो दिएर मुख्यमन्त्री गुरुङले बिदाइ गरेका थिए ।

सो अवसरमा प्रदेश प्रमुख सचिव बस्यालले जनमुखी प्रशासनका लागि कर्मचारी संयन्त्रले आप्mनो जिम्मेवारीलाई आत्मसात गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ कर्मचारी, राष्ट्रसेवकको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width