पर्यटक यातायात व्यवसायी तथा मजदूरलाई कोरोना सचेतना

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७
tourism

पोखरा । नेपाल पर्र्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको आयोजनामा पोखरामा शनिबार स्वास्थ्य सुरक्षा तथा अतिथि सत्कार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा भएको एक दिने सो प्रशिक्षणमा संघमा आबद्ध पर्यटक यातायात व्यवसायी तथा मजदूरको सहभागिता थियो ।

दुईचरणमा गरी भएको प्रशिक्षणको पहिलो चरणमा करिब ४० जना व्यवसायी र दोस्रो चरणमा करिब ३० मजदूर उपस्थित रहेको कार्यक्रम संयोजक समेत रहेका संघका महासचिव सुरेश दाहालले जानकारी दिए ।

प्रशिक्षणमा डा. मुकेश मल्लिक र प्राध्यापक समीर बरालले कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सतर्कताबारे स्वास्थ्य सुरक्षा तथा अतिथि सत्कारबारे जानकारी दिएका थिए ।

संघका अध्यक्ष बोबरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका संयोजक जुद्धबहादुर गुरुङ थिए ।

लकडाउन हटे पनि कोभिड–१९ को संक्रमण नहटिसकेकोले यसबीचमा यातायात संचालन गर्दा अपनाउनुपर्ने आवश्यक सुरक्षाबारे ध्यान दिनुपर्ने बताए । मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालक छेउको सिटमा यात्रु राख्न नहुने, कम्ती २ मिटरको दूरी कायम गर्नुपर्ने, यात्रुको ज्वरो नाप्नुपर्ने, यात्रुको कम्तीमा २८ दिनको ट्राभल हिस्ट्री जान्नुपर्ने लगायतबारे व्यवसायी र मजदुरलाई सचेत गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width