प्रदेश प्रज्ञा प्रतिष्ठान स्वायत्त संस्था हुनुपर्नेे माग

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७

पोखरा । सयपत्री समाज कास्कीको आयोजनामा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ माथि सरोकारवालाबीच अन्तरक्रिया भयो । कार्यक्रममा प्राडा विष्णुप्रसाद पौडेल र डा कृष्णराज अधिकारीले विधेयकमाथि दफावार समीक्षा गरे ।

समीक्षापत्र प्रस्तुत गर्दै प्राडा विष्णुप्रसाद पौडेलले प्रज्ञा प्रतिष्ठान सम्बन्धित विषयका उच्च सर्जक अथवा चिन्तकहरूको संस्था भएकाले यसको निर्माण प्रदेश सरकारले गरेता पनि त्यसलाई पूर्ण स्वतन्त्र र स्वायत्त संस्थाका रूपमा विकसित हुन दिनुपर्ने बताए । उनले सो विधेयकको दफा ८ र ३३ मा प्रत्यक्ष नियन्त्रण गर्न खोजिएको उल्लेख गरे । उनले विधेयकमा प्रदेशका स्थानीय मौलिक विशेषताको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने उल्लेख गरे ।

अर्का समीक्षक डा कृष्णराज अधिकारीले प्रतिष्ठानको मुखपत्रको रूपमा ‘गण्डकी प्रज्ञा’ प्रकाशित गर्नुपर्ने, प्रदेशको भाषा, साहित्य, कला र सङ्गीतका क्षेत्रमा लामो साधना र योगदान गरेका व्यक्तित्वहरूलाई पुरस्कृत र सम्मान गर्नुपर्ने, प्रदेश स्तरीय पुस्तकालयको स्थापना गरिनुपर्ने, मुख्यमन्त्री प्रमुख संरक्षक र सामाजिक विकासमन्त्री संरक्षक रहने व्यवस्थाले प्रतिष्ठानको स्वायत्तता नरहने भएकाले सो प्रावधान हटाउनु पर्नेमा जोड दिए ।

प्राडा यमनाथ तिमिल्सिनाले प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाको कानून निर्माण गर्दा संस्थाको गरिमा बढ्ने गरी निर्माण गर्नुपर्ने र संस्थाको स्वायत्तता प्रमुख भएको जिकिर गरे ।

डा लक्ष्मीशरण अधिकारीले प्र्रतिष्ठानमा आफू अनुकूल नियुक्ति गर्ने प्रावधान उपयुक्त नभएको र विभिन्न विभागका आधारमा प्राज्ञ सभा सदस्यको सङ्ख्या निर्धारण गरिनुपर्नेमा जोड दिए ।

प्राडा यदुनन्दन उपाध्यायले गण्डकी प्रज्ञा प्रतिष्ठानको विधेयकको मस्यौदा तयार गर्ने कार्यदलमा आफू संलग्न रहेको र सो कार्यदलले तयारी गरी पेश गरेको विधेयकको मस्यौदामा हाल ७५ प्रतिशत अंश नयाँ आएको बताउँदै दुवै समिक्षकहरूले दिएका सुझावका ९५ प्रतिशत कुराहरू पहिल्यै भएको स्मरण गरे ।

प्राडा कुसुमाकर न्यौपानेले विधेयकका धेरै दफाहरू परस्परमा बाझिएको, उद्येश्यमा तादात्म्यता नभएको र यस्तै रूपमा विधेयक कानुन बनेर नआओस् भनेर आफूलाई आमान्त्रित गरेको प्रदेश विधायन समितिको केहि दिन अघिको बैठकमा विधायन समितिसमक्ष आफूले धारणा राखेको स्मरण गरे ।

प्राडा रविलाल अधिकारीले सरोकारवालाबीच छलफल परामर्श गराई विज्ञहरूद्वारा तयार गरी पेश गरेको मस्यौदाको मर्मविपरीत परिमार्जित हुनु राम्रो नभएको उल्लेख गरे ।

कार्यक्रममा परशुराम कोइराला, प्राडा लेखनाथ भट्टराई, लोकबहादुर थापा, पदमराज ढकाल, प्राडा उमानाथ बराल, रामराज रेग्मी लगायतले कार्यक्रममा उठेका विषयवस्तुहरू समावेश हुन नसकेमा कार्यक्रमको औचित्य नरहने भन्दै सबै पक्षलाई जोडदार पहल गर्नका लागि अनुरोध गरे ।

अध्यक्षको आसनबाट सयपत्री समाजका अध्यक्ष गेहेन्दे्रश्वर कोइरालाले कार्यक्रममा उठेका सबै विषयवस्तुहरू सरकार समक्ष पु¥याउने काम सयपत्री समाजले गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width