जोशी परे कारबाहीमा

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७
govinda raj

नेपाली काँग्रेसले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई शनिबार कारबाही गरेको हो ।

काँग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५÷५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको जनाइएको छ ।

गत निर्वाचनमा जोशीले तनहँँु क्षेत्र १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । तर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो ।

त्यस्तै ओझाले काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width