संचार र सूचना प्रविधिमा सहज पहुँच आवश्यकः बस्याल

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७
hari

पोखरा । नेपाल सरकारका सचिव हरिप्रसाद बस्यालले दूरदराज बस्ने जनतामाझ संचार तथा सूचना प्रविधिको पहुँच पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले न्यूनतम लागतमा संचार तथा सूचना प्रविधिको उपयोग गर्दै आर्थिक अभिवृद्धि हासिल गरी रोजगारमूलक समाजको विकास गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश प्रमुख सचिवबाट हालै संचार तथा सूचना प्रविधि मन्त्रालय सचिवमा सरुवा भएका बस्यालले पाल्पाली समाज पोखराले शनिबार आयोजना गरेको बिदाइ समारोहमा बोल्दै सो कुरामा जोड दिएका हुन् ।

नेपाल सरकारले आफूलाई जुन अवसर दिएको छ, सोको जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संचार तथा सूचना प्रविधिको लागत घटाउँदै गुणस्तरमा भने वृद्धि गर्दै जाने आफ्नो पहिलो काम हुने बताए । उनले नेपालमा पत्रकारिताको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुखी नेपाली, समृद्ध नेपालको नारा सफल पार्ने बताए ।

उनले भने, ‘कोरोना महामारी बेलामा पनि एउटा कोठामै बसेर संसारभरको कुनै पनि मिटिङ बस्ने अवसर प्राप्त भएको छ । यो सबै सूचना तथा प्रविधिको कारण सम्भव भएको हो । तसर्थ यसलाई अझ जवाफदेही र जिम्मेवार बनाउँदै जानुपर्ने हुन्छ । यसमा मेरो ध्यान जानेछ ।’

उनले आफू यो पदमा पुग्छु भन्ने कहिल्यै नसोचेको तर पढ्दै जागिर खाँदै जाँदा प्राप्त भएको अवसर हो भने । उनले पाल्पालीहरु स्वभावै निकै इमान्दार र मिहिनेती रहेको उल्लेख गर्दै आफ्नो पहिचान यसैमा हुने बताए । विगतमा पाल्पालीहरु निजामती सेवाको लिडरसीपमा रहे पनि पछिल्लो समय केही कमी हुँदै गएको उनको ठहर छ । त्यसो त पछिल्लो समय अवसरका क्षेत्र व्यापक बन्दै जाँदा निजी क्षेत्रसमेत बढी च्वाइसमा परेको हुन सक्ने उनको अनुमान थियो । उनले पोखरामा करिब १६ महिने बसाइँमा यहाँ पाएको स्नेह र माया कहिल्यै नभुल्ने बताए । प्रमुख सचिवको रुपमा काठमाडौं बाहिर हालसम्म सबैभन्दा बढी समय आफूले सेवा गर्ने अवसर पाएको उनको भनाइ थियो । नेपालमा सामान्यतया प्रमुख सचिव १ वर्षपछि अन्यत्र सरुवा भइहाल्ने प्रचलन छ ।

पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले बस्याल प्रशासनिक क्षेत्रमा प्रदेशकै उच्च पदमा रहँदा समाजले पनि गौरव गर्ने अवसर रहेको स्मरण गरे । उनको अझै प्रगति र उन्नतिको कामना समेत अध्यक्ष घिमिरेले गरे ।
बिदाइ समारोहमा प्रदेश सचिव बस्याललाई मायाको चिनो, ढाकाटोपी, खादा र अबिर लगाएर बिदाइ गरिएको हो । साथमा उनकी धर्मपत्नी काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक सविता बस्याललाई दोसल्ला, माला लगाएर सम्मान गरिएको समाजका महासचिव श्रीधर पराजुलीले बताए ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, निवर्तमान अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, राजेन्द्र केआर, सल्लाहकार लोकनाथ काफ्ले, जनपुकार मुनकर्मी, श्याम कुँवर, खेम सारु, कानूनी सल्लाहकार विष्णुप्रसाद लम्साल, प्रेस सल्लाहकार विजय नेपाल, समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइरालालगायत कार्यसमिति पदाधिकारी, सदस्यलगायतको उपस्थिति थियो ।

पछिल्लो समय काठमाडौं बाहिर रहेका बस्याल सचिवमध्ये सबैभन्दा वरिष्ठ हुन् । यसअघि बस्यालले सहसचिवका रुपमा अर्थ मन्त्रालयमा २ वर्ष बिताइसकेका छन् । अर्थमा आउनुअघि उनले शिक्षा मन्त्रालयमा पनि सहसचिवकै रुपमा १० महिना काम गरिसकेका छन् । बस्यालले चीनको स्वशासित प्रदेशका रुपमा रहेको तिव्वतको ल्हासामा नेपाली महाबाणिज्यदूतका रुपमा समेत काम गरिसकेका छन् । निकै इमान्दार र मेहनती सचिवका छवि बनाएका बस्याल प्रदेशमा रहेका सचिवहरुमध्ये वरियता क्रमका वरिष्ठ सचिव हुन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width