पोखरा, ९ साउन । लागुऔषध कारोबारमा संलग्न अभियोगमा पोखराबाट २ जना पक्राउ परेका छन् । ९ सय ७५ थान नाइट्रोभेट सहित विहीबार रोहितकुमार पाण्डेय समातिए । उनले पोखरा आसपासमा लागू औषध बेच्ने गरेको कास्की प्रहरीको दाबी छ । महोत्तरीका उनलाई पोखरा १२ चापापानी मार्गबाट समातिएको हो । उनी मेडिकल व्यवसायी हुन् ।
यस्तै, ब्राउनसुगर बेचबिखन आरोप लागेर भागेका अर्का कारोबारी पनि पक्राउ परेका छन् । पोखरा ८, फेवासिटी अस्पताल नजिकैबाट चितवन भरतपुर २१ घर भएका रोदित श्रेष्ठ बुधबार पक्राउ परेका हुन् । उनको साथबाट ब्राउन सुगर समेत बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारबाही अघि बढाइएको हमालले बताए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१