हुण्डी कारोवारी पक्राउ   

रासस
श्रावण ९, २०७७
Money-bhuktani-1

काठमाडौँ, ९ साउन। महानगरीय अपराध महाशाखाको टोलीले एक जना हुण्डी कारोवारीलाई रु १९ लाख ९१ हजार नगदसहित पक्राउ गरेको छ ।

काठमाडौँको विशालबजार नजिकबाट स्याङ्जा घर भई सामाखुसी बस्ने ४० वर्षीय ढुण्डिराज न्यौपानेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए।

प्रहरीले अहिले काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजस्व छली गरिरहेको भन्ने सूचनाका आधारमा उपत्यकाका विभिन्न स्थानमा खोजी अभियान चलाउँदै आएको छ।

उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा झोलाबाट रकम बरामद गरिएको हो । थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width