गोपाल गुरुङको योगदानको स्मरण

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७७
gopal

पोखरा, ९ साउन ।  समाजसेवी गोपाल गुरुङको प्रथम स्मृति दिवस शुक्रबार मनाइएको छ । पोखरास्थित पञ्चकोशी समाज घरमा एक कार्यक्रम गरी उनको स्मरण गरिएको हो ।
पञ्चासे क्षेत्रको समग्र विकासको निम्ति ३ दशकदेखि निरन्तर लागेका गुरुङलाई सधैँ जिवितराख्न पञ्चासेमा गोपाल स्मृति पार्क निर्माण गरिँदैछ । क्या. हितमान गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति गठित छ ।

सोही समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताले स्व. गुरुङको सामाजिक योगदानको चर्चा गरे । उनी पञ्चायतकालमा प्रधानपञ्च र बहुदलीय व्यवस्था आए पश्चात समेत गाविस अध्यक्षमा निर्वाचित भई गाउँ र जनताको सेवामा खटिएका थिए ।

लोकप्रिय गुरुङको नेतृत्वकालमा गाउँमा खानेपानी, सडक, सिँचाइ, हेल्थपोष्ट, वनसंरक्षणजस्ता अनेक विकासका कार्य भए । २०५४ पश्चात उनको ध्यान पञ्चासे क्षेत्रतर्फ गयो । सक्रिय राजनीतिदेखि थौरै पर रहेर पूर्णरुपमा समाजसेवी भइ पञ्चासेको विकासमा दत्तचित्त भइ लागे । पञ्चासेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने कार्यमा उनको मुख्य भूमिका छ । कार्यक्रममा समिति सहसचिव दिलबहादुर भट्टराइले कार्यप्रगतिबारे जानकारी दिए ।

अध्यक्ष क्या. हितमान गुरुङले पार्क निर्माणको लागि सरकारसँग पनि आर्थिक सहयोगको पहल गरिरहेको बताए ।

कार्यक्रममा पञ्चासे बुद्ध विहारका प्रमुख मीन गुरु, शिक्षासेवी शेरबहादुर गुरुङ, बाह्बीसे पैगिलामा परिवार पोखराका अध्यक्ष ना.सु. कुलबहादुर गुरुङ र समितिका सचिव चिजकाजी गुरुङले स्व. गुरुङको योगदानको चर्चा गरे ।

कार्यक्रममा स्मृति पार्क निर्माणका लागि सहयोगस्वरुप उनको परीवार, चेलिबेटी, विभिन्न संघसंस्थाा र ब्यक्तिहरुद्वारा रकम हस्तान्तरण गरिएको थियो । गुरुङको ६२ वर्षको उमेरमा गत वर्ष काठमाडौंमा स्वर्गारोहण भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन र यसका प्रावधानका बारेमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा काम…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • जिल्ला अस्पतालमा ओपिडी १२ घण्टा

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा बहिरंग सेवा (ओपिडी) १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि ओपिडी ८ घण्टा सञ्चालन…

hero news full width