स्वतन्त्र कास्कीको सचेतनात्मक अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७७
IJA (1)

पोखरा, ९ साउन । स्वतन्त्र पत्रकार संघ कास्कीको स्वास्थ्य सचेतनासहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संघले कोरोनाले विश्व संकटमा पारेका बेला नेपालमा जारी लामो लकडाउन अन्त्य भए पनि कोरोना अन्त्य नभएकाले त्यसतर्फ सचेत रहन सचेतनात्मक अन्तरक्रिया आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले विषम परिस्थितिमा पहिला आफू सुरक्षित रहेर आफ्नो कर्ममा लाग्न सुझाए ।

संघका पार्षद् अधिवक्ता भूपनिधि पन्तले जापानको पत्रकारिताको दृष्टान्त दिँदै भने, ‘पत्रकारिताको लामो इतिहास बोकेको गोरखापत्रका सन्दर्भमा हिजो देव शमशेरले हाम्रा परिवारको होइन दुनियाँको खबर छाप भनेर जनताको देख्न पाएको गोरखापत्र हिजो आज सत्ताको आडमा लागेर जनताको मन जित्न नसक्नु दुःखद हो ।’

पन्तले वर्तमानमा छापा पत्रकारिताको मर्म ओझेलमा देखिए तापनि छापाको पत्रकारिता कहिल्यै नमर्ने बताए । नेपाल पत्रकार महासंघको विधान निर्माण समितिका विधायकसमेत रहेका पन्तले महासंघ स्थापना सन्दर्भका गलत व्याख्याप्रति चिन्ता व्यक्त गर्दै सचेत पत्रकारले सत्यतत्य बुझ्ने प्रयास नगर्नु दुखद् भएकोमा चिन्ता व्यक्त गरे ।संघका पार्षद नारायण कार्की, यज्ञप्रसाद बास्तोला, कृष्ण थापा, बालकृष्ण सुवेदी, दुर्गाप्रसाद पौडेल, कृष्ण रानाभाटले अधिकांश पत्रकार पार्टीको पत्रकारितामा लागेकाले जनताले सत्य समाचार पाउन नसकेको धारणा राखे । वक्ताले वर्तमान पत्रकारिता पार्टीको आडमा पैसा कमाउने पेसा बनेकोमा चिन्ता व्यक्त गरे ।

सोही समारोहबीच संघका वर्षभरका गतिविधिलाई समेटेर प्रकाशन गरिएको भित्तेपात्रोको लोकार्पण गरियो । यस्तै संघका कार्यसमिति, सल्लाहकार र पार्षदलाई स्वास्थ्य सचेतना सामग्रीसमेत वितरण गरिएको थियो । उक्त स्वास्थ्य सामग्री लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले सौजन्य गरेको थियो ।कार्यक्रममा असफल गौतम, भित्तेपात्रो प्रकाशन समितिका संयोजक संघका उपाध्यक्ष तिलक थापा, कोषाध्यक्ष ओम उपाध्याय, सहसचिव गंगासागर उपाध्याय, सदस्य सागर कार्की, डिल्लीराम कार्की, डिल्लीराम काफ्लेलगायतले मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • पुराना रुख काट्नेलाई कारबाहीको माग

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । माघ दोस्रो साता पोखराका विभिन्न टोलहरुमा सयौं वर्ष पुराना रुख र चौताराहरु नराम्ररी मुठारिए । टोल विकास संस्था…
  • कास्की पोखरा समाज जापानमा कमल

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । कास्की पोखरा समाज जापानको छैटौं अधिवेशनले कमल बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । टोकियोमा भएको अधिवेशनबाट…
  • कर्मयोगी भक्तराज सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । बगाले टोल विकास संस्थाले संस्थापक अध्यक्ष भक्तराज श्रेष्ठ र उनकी जीवनसंगीनी मोहनमाया श्रेष्ठलाई सम्मान गरेको छ । साथै…

hero news full width