४० हजार विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै पोविका विद्यार्थी आन्दोलित

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७७
p 9

पोखरा, ९ साउन । पोखरा विश्वविद्यालय (पोवि) नेतृत्वविहीन भएको भन्दै विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले विश्वविद्यालयमा उच्च पदाधिकारीहरु तत्काल नियुक्तिको माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म उनीहरुले शान्तिपूर्ण धर्ना दिए । कोभिड–१९ विरुद्ध सामाजिक दूरी कायम र आवश्यक स्वास्थ्यसुरक्षा अपनाएका उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोकेका थिए । साथै उनीहरुले आगामी ४ दिनभित्र विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार लगायत पद पूर्णकालीन नियुक्ति हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत कुलपति समेत रहेका प्रधानमन्त्री र सहकुलप्रति समेत रहेका शिक्षामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाए ।

आन्दोलन संयोजक रविन न्यौपानेले विश्वविद्यालय नेतृत्वविहीन हुँदा करिब ४० हजार विद्यार्थीको भविष्य अन्यौलमा परेकोले तत्काल नियुक्तिको माग गर्दै आफूहरु यसरी आन्दोलनमा होमिनुपरेको बताए । उनले भने, ‘मसँगै अर्को विश्वविद्यालयमा पढेको साथै अहिले छैटौं सेमेष्टर पढिरहेको छ तर मेरो पाँचौं सेमेष्टरकै परीक्षा हुन सकेको छैन ।’ उनी स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सिभिलतर्फ पाँचौ सेमेष्टरका विद्यार्थी हुन् । यी र यस्तै विविध समस्या उनीजस्तै विद्यार्थीहरुको छ ।

विश्वविद्यालयमा हाल उपकुलपति,रजिष्टार,परीक्षा नियन्त्रक,डिन र निर्देशक गरी प्रमुख ५ वटै पदहरु खाली छन् । उपकुलपति र रजिष्टारलाई कार्यबाहक दिइए पनि हाल उनीहरु समेत सेवा अवधि टुंगिएर बिदाइ भएका छन् ।विद्यार्थीहरुले पूर्णकालीन नेतृत्व लिन सक्ने ती पदहरुमा आगामी ४ दिनभित्र नियुक्तिको माग गरेका छन् । यदि नियुक्ति नभए तेस्रो चरणको आन्दोलन गर्न आफूहरु बाध्य हुने आन्दोलनका अर्का संयोजक एवं सातौं सेमेष्टरका विद्यार्थी अर्जुन पराजुलीले बताए ।

शहीदचोकस्थित जिल्ला प्रशासन कार्यालयको धर्नामा पोखरा विश्वविद्यालयअन्तर्गत पोखरामा रहेको सम्बन्धनप्राप्त कलेजहरु ला ग्राण्डी, पेक, पोखरा कलेज अफ म्यानेज्नमेन्ट र गण्डकी कलेज अफ इञ्जिनियरिङ एण्ड सफ्टवयेरका विद्यार्थी सहभागी थिए ।त्यसो त देशका ५८ वटा कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धनप्राप्त छन् । पोखराको ढुंगेपाटनमा केन्द्रीय कार्याय रहेको पोखरा विश्वविद्यालयमा हाल स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ बिजनेस, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स, स्कुल अफ सोसल डेभलपमेन्ट गरी ४ संकायमा पढाइ हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…

hero news full width