पृथ्वी राजमार्ग २ दिनपछि खुल्ने

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७७
SBN-Tanahu-SadakAbrudda

बाढीपहिरोले अवरुद्ध पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौँ जाने एकमात्र राजमार्ग बन्द भएको थियो।

राजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १ सय स्थानमा पहिराले राजमार्ग बन्द भएको छ भने पहिरोका कारण जताततै सडकसमेत भत्किएको छ। सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै गरेको छ।

प्रहरीले सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरिरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

मौवा खोलामा सडक भत्काएको खोलामा ग्याभिन जाली लगाएर खोलालाई नियन्त्रण गर्ने काम भइरहेको छ। नेपाली सेना र प्रहरीले संयुक्तरुपमा पर्खाल लगाउने काम गरिरहेको र केही दिनपछि मात्र निर्माण पूरा गरेर राजमार्ग सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width