वासिङ्टन | अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिएको छ ।
न्युयोर्कका मेयर मुरेल बोसरले आदेश जारी गर्र्दै न्युयोर्कका बासिन्दादाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन भने ।
यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका थिए ।
अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञले अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ ।
मेयर बोसरले बुधबार एक प्रेस सम्मेलनमा भने, खासमा कुरा के हो यो भने हामीले नागरिकलाई भनेका छौँ कि यदि तपाईँ घरबाहिर निस्किँदै हुनुहुन्छ भने अनिवार्यरुपमा मास्क लगाएर निकिस्कनुहोस भनेर हामीले अनुरोध गरेका हौँ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिदै आएका छन् ।
अमेरिकामा मास्क प्रयोग गर्ने विषय शुरुदेखि नै एक प्रकारको राजनीतिक मुद्दा बनेको छ । मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ विभाजन देखिँदै आएको छ ।
समाचारमा भनिएको छ मास्क प्रयोगका विषयमा अमेरिकामा मतको विभाजन देखिएको भए पनि विश्वका अधिकांश स्वास्थ्य विज्ञले भने कोरोना भाइरसको रोकथाममा मास्कको प्रयोग र सामाजिक दूरीको पालना प्रभावकारी हुने सुझाव दिइ आएका छन् ।
अमेरिकामा कोरोनाबाट विश्वका अरु देशभन्दा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । हाल अमेरिकामा मात्र ४१ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१