जेलमुक्त भए सशस्त्रका पूर्व डिआईजी रन्जन कोइराला

एजेन्सी
श्रावण ८, २०७७
dilli-bazar-karagar

काठमाण्डौ, ८ साउन । सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइराला जेल मुक्त भएका छन्।

साढे ८ वर्षदेखि डिल्ली बजार कागरागारमा जेलजीवन बिताइरहेका कोइरालालाई बिहीबार जेल मुक्त गरिएको कारागार प्रशासनले जनाएको छ। यही असार १५ गते सर्वोच्च अदालतले कैद सजाय घटाएपछि उनी जेलमुक्त भएका हुन् ।

श्रीमती गीता ढकालको हत्या गरेपछि जिल्ला अदालत र पुनरावेदन अदालतले उनीविरुद्ध सर्वस्वसहित कैदको फैसला गरेका थिए। तर, असार १५ मा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले उनीविरुद्धको सजाय घटाउने फैसला गरेको थियो। उनले भुक्तान गरेजति नै अर्थात साढे ८ वर्ष कैद कायम गरेपछि कोइराला जेलमुक्त भएका हुन्।

कोइरालाले २०६८ माघमा श्रीमतीको हत्या गरेर मकवानपुरको पालुङमा पुर्याएर शव जलाएका थिए। उनलाई शव जलाएर फर्किंदै गर्दा नागढुंगामा प्रहरीले पक्राउ गरेको थियो। पोखरा–५ का कोइराला सशस्त्र प्रहरीका पूर्व डिआईजी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width