पोखरामा नगर बस चल्न थाले

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७७
city bus

पोखरा, ८ साउन । लामो समयको लकडाउनपछि आज (बिहीबार) देखि पोखरामा सार्वजनिक यातायातका साधन चलेका छन् ।

पोखरा यातायात प्रालिले यात्रुको सुविधाका लागि आवश्यक मापदण्ड अपनाएर गाडी चलाएको हो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका सरकारले कायम राखेको १२० दिने लकडाउनका कारण पोखरामा सार्वजनिक यातायातका साधन चल्न पाएका थिएनन् । कोरोनाविरुद्ध आधारभूत सुरक्षा सतकर्ता अपनाएर सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।

कम्पनीले ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए । कम्पनीमार्फत कुल ३ सय ६० गाडी सञ्चालन हुँदै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width