ट्राफिक कारबाहीमा १ करोड ३४ लाख संकलन

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७७
traffic tanahun

तनहुँ, ८ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा विभिन्न सवारीसाधन कारबाहीमा १ करोड ३४ लाख ५१ हजार राजश्व संकलन गरेको जनाएको छ ।

कारबाही पर्ने सवारीसाधनहरुमा मोटरसाइकल, कार, जिप, बस र ट्याक्टर रहेका छन्। जसमा २१ हजार १ सय ५० वटा विभिन्न सवारीसाधनहरु कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए।

मादक पदार्थ सेवन गरी सवारी चलाउने उपर ७ सय ४१ सवारीसाधन साधन कारवाहीमा परेका छन् । सो कारबाहीम ७ लाख ४१ हजार १ सय २९ रुपैयाँ जम्मा भएको छ।

सवारी नियमविपरीत चलाउने सवारीसाधनहरुबाट ५हजार २ सय ६१ टिप्पर र ट्रक कारबाहीमा परेका छन् भने यस्ता ट्राफिक नियम उलंघन गरेवापत् ३१ लाख ११हजार १ सय रुपैयाँ उठेको छ।

जिप, बस कारबाहीबाट ४ हजार ४ सय ११ वटा कारबाहीमा पर्दा २६ लाख २७ हजार राजश्व उठेको छ ।

मोटरसाइकल मोडिफाई गर्नेमध्ये ४ हजार २ सय ८८ कारबाहीमा ५ लाख ८९ हजार ५ सय राजश्व संकलन भयो ।

ट्याक्टर, ट्याक्सी, म्याजिक जस्ता ८ सय ८ सवारीसाधनहरुले सवारी नियमको उलंघन गरी इजाजतपत्र बेगर सवार रहेका तेस्ता सवारीसाधनबाट ५ लाख ८५ हजार राजश्व संकलन गरिएको छ।

लाइसेन्स, विल बुक नभै सवार गरेका ६ हजार ३ सय विभिन्न सीसीका मोटरसाइकलहरुबाट ५२ हजार ६४ सय राजश्व संकलन भएको छ । अन्य ३० वटा विभिन्न सवारीसाधनहरुबाट २१ हजार राजश्व संकलन भएको छ।

गत आवमा २१ हजार १ सय ५० वटा सवारीसाधन कारबाहीमा परेका छन्। गत वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा साना–ठूला गरि ६४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ४४ जनाको ज्यान गयो । गम्भीर घाइते ६७ र सामान्य घाइते ८९ जना भए ।

यस्तै, लकडाउनको ४ महिनाभर १ लाख ६८ हजार ५ सय राजश्व संकलन भएको छ भने १३ हजार २ सय वटा सवारीसाधन कारबाहीमा परेका छन् । यसबीचमा ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । गम्भीर घाइते ३२ जना रहेको भाटले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width