११४ वर्ष बाँचेर स्वर्गे

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७७
Pabi Gurung

हेमजा । माछापुच्छ्रे गाउँपालिका–५, रिभान निवासी आनन्दकुमारी गुरुङ (पवि) को ११४ वर्षको उमेरमा निधन भएको छ । उनी सम्भवतः नेपालमै बढी बाच्ने महिला हुन्।

साविक रिभान गाविस ४, माटेखोरकी स्व. गुरुङको सेतीमर्दी संगमस्थल दोविल्लाघाटमा अन्त्येष्टि गरिएको छ। शवमा उनका नाति सोमबहादुर गुरुङ (चिजा) ले दागबत्ती दिए ।

दीर्घजीवी गुरुङ पछिल्लो समय रुघाखोकी तथा ज्वरोबाट पीडित थिइन् । उनले युवा अवस्थामा गाउँमा चौतारो तथा बाटो निर्माण गर्न पनि भूमिका खेलेकी थिइन्।

स्व. गुरुङका छोरी २, बुहारी २, नाति ५, नातिनी ७, पनाति ६ जना लगायत रहेको पारिवारिक श्रोतले जनाएको छ । उनको जन्म विसं. १९६३ साउन १४ गते भएकोमा स्वर्गारोहण २०७७ असार २६ मा भएको हो ।

यसैबीच, रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैंगीलामा परिवार समितिले आफ्ना सदस्य बयोवृद्घा गुरुङको निधनले अपूरणीय क्षति पुर्‍याएको भन्दै शोक व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width