पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

रासस
श्रावण ७, २०७७
KA_Bharatpur_1732(1)

चितवन, ७ साउन ।  पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।  १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि बुधबार राति पाैने ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका वडा २९, बालुवा पुल नजिकै गएराति ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो ।

पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो । सो ठाउँमा झरेको पहिराले १ सय ५० मिटर सडक ढाकेको थियो । पहिरो बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो ।

पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ । रासस

Related News

सम्बन्धित समाचार

hero news full width