हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

रासस
श्रावण ७, २०७७
Helicoptor

मार्तडी, ७ साउन । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाकी गर्भवतीको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

साप्पाटाकी २३ वर्षीया शर्मिला बुढाको सेनाको हेलिकप्टरमा नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । महिलाको पेटमा शिशु मरेकाले कोल्टीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले जानकारी दिए । गर्भवती बुढाको अवस्था जटिल हुने अवस्था पुगेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width