वार्षिकोत्सवमा सिद्धार्थ क्लबको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
siddhar

पोखरा । सिद्धार्थ क्लब पोखराले ३६ औं वार्षिकोत्सव अवसरमा जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले क्लबले वार्षिकोत्सव अवसर तथा कोरोना भाइरसको सन्दर्भमा सुरक्षाकर्मीको स्वास्थ्यप्रति ध्यानमा राखी गरेको सहयोग गरेकोमा धन्यवाद दिए ।

क्लब अध्यक्ष पार्वती माकाजूले बाल, महिला, स्वास्थ्य र शिक्षाका क्षेत्रमा कार्यक्रमहरु गरिरहेकोमा वार्षिकोत्सव सन्दर्भमा शान्ति सुरक्षामा दिन रात खटिने सुरक्षा निकाय र ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै सहयोगको कार्यक्रम अयोजना गरिएको जानकारी दिइन् ।

उनले क्लबले आगामी दिनमा पनि स्थानीय निकाय र अन्य संघ संस्थासंगको सहकार्यमा सामाजिक गतिविधिहरुमा अग्रसर रहने प्रतिबद्धता जनाइन् ।

मानव सेवा आश्रम जिल्ला संयोजक राजन सापकोटाले क्लबका कार्यक्रमहरुको सफलताको कामना गर्दै अत्यावश्यक सामग्री सहयोग गरेकोमा धन्यवाद दिए ।

सिद्धार्थ क्लब सचिव इन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष तीर्थ श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

वार्षिकोत्सव अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई १ हजार थान मास्क र २ सय ५० जोर डिस्पोजेवल पञ्जा र मानव सेवा आश्रमलाई ह्वील चेयर, वाकर, लौरी, बैशाखी, स्ट्रेचर लगायत सामग्री हस्तान्तरण गरिएको थियो ।

क्लबले मानव सेवा आश्रममा आश्रितलाई आवश्यक अवस्थामा अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा सहयोगको व्यवस्था गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width