गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७७
covid 19 corona banner

पोखरा, ६ साउन । गण्डकी प्रदेशमा ९ जना नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कोभिड देखिएको हो ।

म्याग्दी, बागलुङ र स्याङ्जाका ३÷३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले बताएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १३२९ पुगेको छ । हालसम्म १०२० जना संक्रमणबाट निको भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width