अझै ५ दिन भारी वर्षा

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७७
Moonsoon_rain.2e16d0ba.fill-650×500

काठमाडौ | न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै ५ दिनसम्म भारी वर्षा हुने भएको छ ।

उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराए ।
सो क्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका थिए ।

उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १ सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।

यो मात्रा अझै बढेर २ सय मिलिलिटर पानी पर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताए ।

महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । रासस

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width