भदौ १ देखि उडान खुल्ने

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७७
Tribhuwan Airport

फाइल तस्बिर

सरकारले लकडाउन अझै खुकुलो बनाउने भएको छ । सरकारले यसअघि जारी गरेको साउन ७ सम्मको लकडाउन अवधि सकिन लागेपछि मन्त्रिपरिषद् बैठक बसेर विभिन्न निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

कोरोना भाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ। त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने जनाइएको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।

यस्तै, साउन ८ देखि सिनेमा घर, लामो दूरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width