शिक्षक बचाउ भन्दै आन्दोलन

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७७
Teacher

पोखरा ।  निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन नेपालअन्तर्गत पोखरा महानगर समिति आयोजनामा सोमबार पोखरामा शान्तिपूर्ण र्‍याली भएको छ ।

पोखरा र आसपासमा रहेका निजी तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको सो र्‍याली सृजनाचोकबाट शुरु भई न्यूरोडहुँदै चिप्लेढुंगा मानवअधिकार चोक पुगी कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा शिक्षक कर्मचारीले ‘हामी पनि बाँच्न पाऊँ,’ ‘श्रमको उचित मूल्याङ्कन गर,’ ‘योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड लिएका थिए ।

कोणसभामा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाइ अध्यक्ष दीपक रोकाले निजी विद्यालयमा रहेका बसका चालक तथा सहचालक एवं कर्मचारीको जागिरको सुरक्षाको प्रत्याभूत गराउँदै अहिलेसम्मको तलब सुविधा यथाशीघ्र उपलब्ध गराउनुपर्ने बताए ।

निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपाल, गण्डकी प्रदेश सचिव मिलन तिमिल्सिनाले व्यवसाय सञ्चालन गरेपछि नाफाघाटाको विषय सञ्चालकको हुने भएकाले निश्चित तलब तथा पारिश्रमिकमा बाँच्ने मजदुरमाथि यसको भार थुपार्न नहुने तर्क गरे । उनले शिक्षक कर्मचारीलाई निजी विद्यालयले भोको पेटमा काम गर्न बाध्य बनाएको बताए ।

शिक्षक कर्मचारीको पेशागत सुरक्षाको ग्यारेन्टी गर्दै बालबालिकाको पढ्न लेख्न पाउने अधिकार सुरक्षित गर्ने कुराप्रति निजी विद्यालयका सञ्चालक गम्भीर नदेखिएको विषय उठान गर्दै निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्यायले शिक्षक कर्मचारीलाई लामो समयको तलब तथा पारिश्रमिक नदिई प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा प्रकाशन गरेको विज्ञप्तिमाथि खण्डन गर्दै विपत्तिमा शिक्षकलाई पनि बाँच्ने अधिकार भएको कुरा उल्लेख गरेका थिए।

प्याब्सियुले कास्कीमा रहेका प्याब्सन, एनप्याब्सन र युनिप्ससँग छलफल र वार्ता गर्दा पनि उपयुक्त निकास ननिस्केपछि देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको संगठनका उपाध्यक्ष शिवलाल उपाध्यायको भनाइ छ।

संगठनतर्फबाट राष्ट्रव्यापी रूपमा सरोकारवाला संस्थाहरूमा यसअघि नै ज्ञापनपत्र बुझाइसकेको र अझ पनि सम्बन्धित निकाय गम्भीर नबने प्याब्सन कास्की, एनप्याब्सन कास्की र युनिप्सको कार्यालयमा तालबन्दी गर्ने चेतावनी दिएको छ ।
प्याब्सियु पोखरा महानगर समिति अध्यक्ष विजयराज अधिकारीले तलब सुविधा यथाशीघ्र उपलब्ध गराउने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्नुपर्ने, बौद्धिकताको सम्मान गर्नुपर्ने, विद्यालयले नियुक्तिपत्र अनिवार्य दिनुपर्ने, सरकारी तलबमान कायम गर्नुपर्ने, पेसाको ग्यारेन्टी गर्दै विद्यालयले सम्बन्धन लिने बेलाका बुँदाहरू कार्यान्वयन गर्नुपर्ने जस्ता प्याब्सियुको माग रहेको बताए ।

प्याब्सियु निजी विद्यालयका शिक्षक तथा कर्मचारीको हकहितमा लामो समयदेखि काम गर्दै आएको संगठन हो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width