विद्यालय संचालन लेउवा संघको पहल

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७७
Lekhnath chamber of commerce

लेखनाथ | कोभिड—१९ प्रकोपको मारमा परेका विद्यालयहरु संचालन गर्न लेखनाथ उद्योग बाणिज्य संघले चासो देखाएको छ ।

कोरोना कारण शिक्षा क्षेत्रमा पारेको असर सम्बन्धमा सरोकारवालासँग सोमवार संघले छलफल गरेको हो ।

कार्यक्रममा नेशनल प्याब्सनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले सरकारले अन्य क्षेत्रलाई जस्तै निजी विद्यालयलाई पनि सम्बोधन गर्नु पर्नेमा जोड दिए । उनले विद्यार्थीको भविश्य अन्योलमा नराख्न आग्रह गरे ।

प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले समग्र विद्यालयको अवस्थाबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा देखिएको अन्यौलताको छिट्टै अन्त्य हुनु पर्ने बताए ।

कार्यक्रममा एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले विभेदकारी नीति अन्त्य हुनु पर्नेमा जोड दिए ।

युनिप्स कास्की अध्यक्ष सन्तबहादुर गुरुङले निजी क्षेत्रका विद्यालय संचालनमा सरकारी नीति अस्पष्ट भएको गुनासो राखेका थिए ।

सोही अवसरमा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले निजी क्षेत्रका ब्यवसायीको समस्याप्रति सरकार गम्भीर नभएको गुनासो राखे ।

संघका पूर्व अध्यक्ष बाबुराम गिरीले स्कुल, कलेज खुलाउन सरकारले नै अग्रसरता देखाउनु पर्ने सुझाव राखेका थिए ।

संघका अध्यक्ष बलराम ढकालले निजी क्षेत्रका समस्याप्रति संघ जिम्मेवार भएर सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे ।

संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width