बानिया चेम्बर अफ कमर्समा मनोनीय

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७७
kiran baniya

पोखरा । युवा व्यवसायी किरण बानियाँ पोखरा चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य मनोनीत भएका छन् ।

संस्थाका अध्यक्ष किसन सुनारले रिक्त सो पदमा बानियाँलाई प्रस्ताव गरेका थिए । चेम्बर अफ कमर्सको नियमित बैठकबाट अध्यक्ष सुनारको प्रस्ताव सर्वसम्मत निर्णय भई मनोनीत गरिएको हो ।

बानियाँको गोपाल जी ट्रेडिङ प्रालि, गोपाल जी सप्लायर्स, गोपाल जी स्टोर्स र स्टारिस एच आर सर्भिससँग व्यावसायिक आवद्धता रहेको छ ।

उनी लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका द्वितीय उपाध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width