अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा ‘माइला’

असफल गौतम
श्रावण ५, २०७७
p

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय निर्वाचन मण्डलले प्रकाश पौडेल माइलाको नेतृत्वमा नयाँ कार्य समिति घोषणा गरेको छ ।  अध्यक्षमा माइला निर्विरोध भए तापनि अन्य पदका लागि भएको परिणामसँगै समितिले सोमवार निर्वाचनको नतिजा सार्वजनिक गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षका लागि गोवर्धन पूजा र लालगोपाल सुवेदी बीचको प्रतिश्पर्धामा पूजाले ७ सय ५५ मत प्राप्त गरेर विजयी भए भने सुवेदीले ३ सय ९७ मत प्राप्त गरे।

यसैगरी विभिन्न क्षेत्रका उपाध्यक्षमा अमेरिका उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, एसिया उपाध्यक्ष बाबा बस्नेत, युरोप उपाध्यक्ष सुनिल संगम, ओसियानी उपाध्यक्ष राजेश बुढाथोकी र कोषाध्यक्षमा कृष्ण गिरी निर्विरोध निर्वाचित भए ।

महासचिवका लागि भएको निर्वाचनमा सर्वज्ञ वाग्ले ६ सय ६८ मतसहित विजयी भए अर्का प्रत्याशी स्पन्दन विनोदले ४ सय ५२ मत प्राप्त गरेका छन् ।
सचिवमा ७ सय ५७ मतसहित विमला निराैला निर्वाचित भइन् भने अर्का प्रत्याशी प्रेमप्रसाद भट्टराईले ३ सय ४८ मत प्राप्त गरे ।

पाँच सदस्यका लागि भएको निर्वाचनमा दीप पाठक ८ सय २६ सहित, तारा अधिकारी र डा. रेणुका बस्नेत बराबर ६ सय २८ मतसहित, प्रमोद सारङ्ग ५ सय ८८ मत र निजानन्द मल्ल ५ सय ७१ मतसहित विजयी भए ।

नतिजा सार्वजनिक समारोहमा निर्वाचन अधिकृत डा. चूडामणि खनाल, तीर्थराज पाण्डे, पुष्पा खनाल, विजयराज भट्टराई, कुमार सिम्खडा, बोर्ड अफ् ट्रष्टीका अध्यक्ष गीता खत्री, केन्द्रीय अध्यक्ष रामेश्याम लेकालीलगायतले बोलेका थिए ।
विश्वभरका २ हजार एक सय ८१ मतदाताले अनलाइन माध्यमबाट मतदान गरी अनेसासको नयाँ कार्य समितिलाई निर्वाचित गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width