प्रियंका र आयुष्मान अभिनित चलचित्र ‘चंगा चैट’ युट्युबमा (फिल्म सहित)

विनिता सुनार
श्रावण ६, २०७७
changa chait photo

पाेखरा, ६ साउन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ११ देखि देश अझै पनि लकडाउनमा छ । सरकारले विभिन्न मोडालिटी बनाएर लकडाउन खुकुलो बनाए पनि मनोरञ्जनका गतिविधिहरु भने ठप्प नै छन् ।

तर दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले लकडाउन जारी भएसँगै प्रदर्शनमा आइसकेका फिल्महरु निर्माण पक्षले युट्युबमा धमाधम सार्वजनिक गर्दै आएका छन् ।

यसैक्रममा दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चंगा चैट’ युट्युबमा सार्वजनिक भएको छ । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रवीन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायत कलाकारको अभिनय छ ।

‘कमेडी जनरा’ मा निर्मित सो फिल्ममा माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त लगानी गरेका हुन् ।

२०७५ कात्तिक १६ मा हलमा प्रदर्शित फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । प्रदीप भारद्वाजले लेखेको उक्त फिल्ममा ३ युवाको कथा देखाइएको छ ।

बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त फिल्म टेन्ड्रिङको तेस्रो नम्बरमा परेको छ ।

फिल्म हालसम्म करिब २० लाख २६ हजारले हेरिसकेका छन् भने १ हजार ६ सय जनाले प्रतिक्रिया दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width