खैरेनी माविमा बृक्षारोपण

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७
Lions Club shukl.

खैरेनीटार, ५ साउन । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकीले बृक्षारोपण गरेको छ । शुक्लागण्डकी वडा नं. ६ मा रहेको खैरेनी माध्यमिक विद्यालयमा क्रममा आँप, असोका, लिचि लगायत ५० ओटा विभिन्न विरुवाहरु रोपिएको हो ।

वातावरणीय प्रदुषण कम गर्न टेवा पुर्‍याउने हुँदा बृक्षारोपण आवश्यक रहेको वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरेले वातावरणीय प्रदुषण कम गर्ने पहिलो सुरुवात भएको भन्दै बृक्षारोपणले विद्यालयलाई थप जिम्मेवार बनाएको बताए ।

विव्यास अध्यक्ष बुद्धिबहादुर थापाले लायन्स क्लबको काम, कर्तव्य, महत्व र यसको सदस्यताको बारेमा बोलेका थए ।

कार्यक्रममा बोल्दै अतिथिहरुले रोपिएका विरुवाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

अध्यक्षको आशनबाट बोल्दै लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकीका अध्यक्ष मिन बहादुर लामिछानेले बृक्षारोपणले विद्यालयको वातावरण संरक्षण र पर्यावरण जगेर्ना गर्ने बताए ।

कार्यक्रमको सञ्चालन सचिव खुम बहादुर राईले गरेका थिए

Related News

सम्बन्धित समाचार

hero news full width