पोखरा, ५ साउन । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित भवन आइतबार प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले उद्घाटन गरेका छन् ।
उनले प्रहरी कर्मचारीलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ संचालित प्रहरी अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।
उनले २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंको स्थापना गर्ने तत्कालीन प्रहरी महानरीक्षक डिबी लामाको योगदानको स्मरणसमेत गरे ।
प्रहरी कर्मचारी तथा आश्रित परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको औषधी उपचारमा सहजताका लागि मुस्ताङचोकस्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा सुचारु गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले महत्वपूर्ण सुविधासहित अस्पताल निर्माण भएकोप्रति खुसी व्यक्त गरे ।
प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओपिडिसहित वार्ड ल्याव र फार्मेसी सेवा दिँदै आएकोमा यसलाई निरन्तरता दिँदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवा प्रदान गरिने बताए ।
प्रतिवेदन पेश गर्दै प्रहरी निरीक्षक नीरञ्जनकुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको जानकारी दिए । उनका अनुसार कोषबाट बजेटबाट २८ लाख २३ हजार रुपैयाँ लागतमा निर्मित सो भवनमा सोधपुछ कक्ष, ओपीडी, इमरर्जेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय निर्माण भएका छन् । भवन कुल १ हजार १ सय ६ वर्ग फिट क्षेत्रफलमा फैलिएको छ ।
तत्कालीन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले २०७४ चैत १७ मा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंबाट प्रदान भैरहेका सेवा विकेन्द्रिकृत गर्ने उद्देश्यले भवनको शिलान्यास गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१