बालविवाहमा संलग्न पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७
Child Marriage

वालिङ, ५ साउन । बालविवाहमा संलग्न भएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आँधीखोला गाउँपालिका वडा १ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया बालिकालाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
अधिकारीका अनुसार असार २१ गते आँधीखोला गाउँपालिका १ का २४ वर्षीय तिवारीले १७ वर्षीया बालिकालाई बिहे गरेको भनी स्थानीय केशवराज पौडेलले किटानी जाहेरी दिएपश्चात बेहुला तिवारीसहित बुवा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ मा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका चारै जनालाई विवाहसम्बन्धी कसूरअन्तर्गत ‘बाल विवाह’ मुद्दा दर्ता गरिएको छ । गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width