बाढी र डुबानको खतरा

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७
Duban

कावासोती । नवलपरासीमा बाढी र डुबानको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पूर्वी र पश्चिम नवलपरासीमा केही दिनयता भारी वर्षा भईरहेको र साना तथा ठूला नदी तथा खोलामा बाढीको खतरा रहेको भन्दै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ ।

सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीका धेरै स्थानमा भारी वर्षामापन भएको छ र थप वर्षा हुन सक्ने भएकोले अरुणखोला, गिरुवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकोले सतर्क रहन आग्रह गर्दछौं ।’

जिल्ला प्रशासन कार्यालय नवलपरासीले भने अहिलेसम्म नवलपरासीमा बाढीले कुनै मानवीय क्षति नभएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width