दुर्लुङ पहिरो पीडितलाई अमेरिकाबाट राहत

एजेन्सी
श्रावण ४, २०७७
news photos

कुश्मा–३, दुर्लुङ ढकालवारी काहुँलेका पहिरो पीडितलाई राहत प्रदान गरिएको छ ।

कुश्मा–३, घर भई हाल अमेरिकामा रहेका टेकप्रसाद गुरुङ, रोहित गुरुङ र विशाल गुरुङको पहलमा उक्त पहिरो पीडितलाई राहत प्रदान गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष तेजप्रसाद पाध्याले विपतमा परेका पाँच परिवारलाई दुई लाख ८० हजार नगद सहयोग प्रदान गरे ।

कार्यक्रममा ओमबहादुर थापाको परिवारलाई एक लाख २० हजार रुपैयाँ, विकास विकको परिवारलाई एक लाख रुपैयाँ, भुवान गिरीको परिवारलाई बीस हजार रुपैयाँ, विनोद सार्कीको परिवारलाई १० हजार रुपैयाँ राहत प्रदान गरिएको हो ।

यसैगरी ३० हजार राशी दीपा–विवेक अक्षयकोषका लागि प्रदान गरिएको छ।

स्मरण रहोस् माइतमा बस्न आएको बेला दीपा र विवेकको निधन भएकाले उनीहरुको स्मृतिमा कोष स्थापना भएको समाजसेवी शिवकुमार गुरुङले जानकारी दिए ।

वितरण गरिएको सम्पूर्ण सहयोग रकम दुर्लुङ निवासी समाजसेवी होमबहादुर थापाको संयोजकत्वमा अमेरिकामा रहेका ३५ परिवारबाट संकलन गरिएको थियो ।

उक्त राहत वितरण समारोहमा समाजसेवी धनमाया गुरुङले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width