अम्बिका भण्डारीको तीजगीत ‘उही बनपाखामा’

विनिता सुनार
श्रावण ४, २०७७
photo

महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै साहित्यकार अम्बिका भण्डारीले नयाँ तीजगीत ‘उही बनपाखामा’ बजारमा ल्याएकी छिन् ।

भण्डारीको लय तथा शब्द र आफ्नै निर्देशनमा आफ्नो मौलिकपनलाई गीतमा प्रस्तुत गरेकी छिन् । गीतलाई जुजु गुरुङले म्युजिक अरेन्ज गरेका छन् ।

भिडियोमा पर्मिला तुलाचन, बृद्धिसागर खनाल, विमल अधिकारी, भावना पन्त, उर्मिला पौडेल, कमल भण्डारीको अभिनय रहेको छ भने करुणा भण्डारी, सरिता सुवेदी र ज्योति सुवेदीको नृत्य देख्न सकिन्छ ।

शिव भुर्तेलले छायाँकन तथा सम्पादनमा निर्माण भएको उक्त म्युजिक भिडियोलाई नमस्ते पोखरा ब्रोडकास्टिङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भण्डारीले यसअघि संसार छाडी गयौँ आमा, आऊ नाचौँ दिदी बहिनी, खुसी राख्छौँ बाबा तिम्लाई, नभइदे न मेरो मन दुःखी बरी लै, माइती देशै झलल, हाम्रो माइती घर फूल फूल्यो र आँठा–आँठा छेकेर लगायतका तीजका गीतहरु बजारमा ल्याइसकेकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width