बाँझो जग्गामा खेती गर्नेलाई प्रति रोपनी ३ हजार अनुदान

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७७
Gyan Prds Neupane

स्याङ्जा, ४ साउन । गण्डकी प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषि उत्पादन बढाई आत्मनिर्भर बनाउन बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदानको ब्यवस्था भएको बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जामा शनिबार आयोजित किसानका लागि यन्त्रिकरण र राहत सामग्री वितरण गर्दै मन्त्री थापाले बाँझो जग्गा फर्काउनेलाई प्रति रोपनी ३ हजार अनुदान दिने बताए ।

विज्ञ केन्द्रले ७० प्रतिशत अनुदानमा किसान र सहकारीलाई यन्त्रिकरण प्रदान गरेको छ । उनले भने ‘एक चोटी अनुदान लिएकाले ५ वर्षसम्म कतैबाट अनुदान पाउने छैनन् । केन्द्र, प्रदेश र स्थानीय तहबाट हुनेगरी एउटै सिकानलाई दोहोरो–तेहोरो सुविधा दिनुहुदैन ।’

केन्द्रले गल्याङ नगरपालिकाका ज्ञानप्रसाद न्योपानेलाई पाश्चुराइज मेशिन, पुतलीबजार नगरपालिकाका मेघबहादुर (प्रनेश) सार्की र जमुना शाहीलाई जनही एक÷एक वटा पोल्ट्री डेशिङग मेशिन, पुतलीबजारका सिद्धिमान कुमाल र हुमनाथ पौडेल तथा अर्जुनचौपारी गाउँपालिकाका ख्यामनारायण देवकोटालाई एक÷एक वटा मिलकिङ मेशिन, बिरुवा गाउँपालिकाका दुर्गाबहादुर क्षेत्री (कृषि तथा पशुपालन सहकारी संस्था) एनलाईजर मेशिन फुल सेट उपलब्ध गराएको हो ।

गाईभैंसीको गोबर फाल्ने हिल ब्यारो २० जना कृषकलाई, २ फार्म र गाई पालक १ एक किसानलाई दूध दुहुने मेसिन पनि उपलब्ध गराइएको हो । करिब १० लाख मुल्य बराबरको सामाग्री उपलब्ध गराइएको हो ।

यसैगरी, केन्द्रले पुतलीबजारको मिलीजुली बंगुर फर्म संचालक बिष्णु थापा, वालिङको इन्द्रेणी बंगुर फर्मका संचालक भीम लुईटेल र कालीगण्डकी गाउपालिकाका सन्तोष पाण्डेलाई जनही ५०/५० हजार नगद सहयोग स्वरुप उपलब्ध गराएको छ ।

लकडाउनका बेला मिलिजुली फर्ममा रहेका १ सय २२ वटा र इन्द्रेणीका ६५ वटा बंगुर मरेको र पाण्डेको घर गोठ जलेको भन्दै केन्द्रले सहयोग उपलब्ध गराएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width