पोखरा, ४ साउन ।पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताबारे नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कास्की काँग्रेसको शनिवारको बैठकले विभिन्न सञ्चारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितताबारे समाचार आएको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवक्ता नवीन सिग्देलले बताए ।
काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्रसेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।
टेण्डरसम्बन्धी अनियमितता र राष्ट्रसेवक कर्मचारीमाथिको अभद्र व्यवहारबारे सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न बैठकले माग गरेको छ । साथै, ३८ औं वीपी स्मृति दिवस अवसरमा साउन ६ मा पोखरा–२६, पैतेडाँडाका बाढीपहिरोपीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षरोपण गर्ने र विगतका वर्षहरुमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।
जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको बैठकले काँग्रेस नेता मेजर दीपकबहादुर गुरुङको शुक्रबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कास्कीको माछापुच्छ्रे–८, खोराकोमुखमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित पीडित परिवारलाई राहत र सुरक्षित बसोबास व्यवस्था मिलाउन माग गरेको छ ।
Related News
सम्बन्धित समाचार
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१