अधिकारी अख्तियार प्रवक्ता

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७७
tara

पोखरा । कास्कीका तारानाथ अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता नियुक्त भएका छन् ।

अख्तियारले शुक्रबारदेखि नै लागू हुने गरी नेपाल सरकारका सहसचिव अधिकारीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय तथा संघीय मामिला मन्त्रालय र मातहतका निकायमा रहेर कार्य गरिसकेका अधिकारी प्रशासन क्षेत्रमा कुशल मानिन्छन् । उनी गृहजिल्ला कास्कीमा समेत प्रमुख जिल्ला अधिकारी भइ कार्यभार सम्हालेका थिए । उनको स्थायी घर कास्कीको ढिकुरपोखरी हो ।

अख्तियारमा यसअघि प्रवक्ता प्रदीपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width