एनआइसी एसियाको नयाँ योजना

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७७
Nic

पोखरा । एनआईसी एशिया बैंकले विभिन्न योजना सार्वजनिक गरेको छ । बैंकले सूपर चमत्कारिक घर कर्जा, सूपर चमत्कारिक सवारी कर्जा र सूपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको हो ।

बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सूपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको जानकारी दिए । ‘यस अन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ,’ शर्माले भने, ‘उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।’

सूपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद लगायत वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ ।

शर्माका अनुसार अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । घर निर्माण गर्दा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोरेटोरियम अवधि लिन सकिने र उक्त मोरेटोरियम अवधिमा ऋणिले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा छ । यस बाहेक ‘फ्लेक्जिवल इएमआइ’ मार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने इएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध छ ।

सो योजनामा घर कर्जा उपभोग गरिरहेका ग्राहकले ‘बन्डल अफर’ अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका व्यक्तिहरुले समेत यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने सुुविधा छ ।

सूपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकहरुले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकहरुले बैंकको सूपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न समेत सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ ।

बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सूपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् । यस्तो कर्जा सीमा अधिकतम १ करोडसम्म निर्धारण गरिएको छ । यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले बताए ।

बैंकको देशभर ३ सय २६ शाखा कार्यालयहरू, ४ सय ६४ एटिएम, १ सय १ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखा रहित बैंकिङमार्फत् सेवा उपलब्ध छ । बैंकका २१ लाख भन्दा बढी ग्राहक छन् । गत आवमा बैंकले ३ अर्ब १५ करोडभन्दा बढी राजश्व सरकारलाई बुझाएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width