पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७७
journalist

काठमाण्डौ, ३ साउन । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) तथा विपद् पत्रकारिता सञ्जालले पचास जना पत्रकार महिलालाई कोभिड–१९ को संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री वितरण गरेको छ ।

काठमाण्डौं महानगरपालिका र बर्न माउथ युनिभर्सिटीको सहयोगमा शुक्रवार यहाँ आयोजित एक कार्यक्रममा पत्रकार महिलालाई स्यानीटाइजर, ग्लोब्स र मास्क हस्तान्तण गरिएको हो । काठमाण्डौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ट खड्गीले ती स्वास्थ्य सामग्री वितरण गरेकी थइन् ।

कार्यक्रममा उपप्रमुख खड्गीले कोभिड–१९ बाट शुरुमा काठमाडौँ उपत्यकामा सुरक्षित भएपनि उपत्यका छिर्ने सीमानाका कडाई गर्न नसक्दा असुरक्षित हुँदै गएको हुनाले सुरक्षित भएर काम गर्न जरुरी भएको बताए । उनले जस्तोसुकै विपद्मा पनि पत्रकारले काम गर्नुपर्ने भएको हुँदा सुरक्षित भएर काम गर्नका लागि स्वास्थ्य सामग्री अनिवार्य रुपमा लगाउन आग्रह गरिन । डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले पत्रकार महिलालाई सुरक्षित रुपमा काम गर्नका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width