लायन्स क्लब खैरेनीटारको चार्टर कार्यक्रम

कमलमोहन घिमिरे
श्रावण ३, २०७७
lions

खैरेनीटार, ३ साउन । लायन्स क्लब अफ तनहुँ खैरेनीटारको दोस्रो चार्टर नाईट कार्यक्रम शुक्लागण्डकी नगरपालिका वडा नं ६, खैरेनीटार, तनहुँमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ का प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर विशेश्वर आचार्यले मैत्रीपूर्ण व्यवहार नभई समाजमा कुनै पनि काम गर्न नसकिने बताए । उनले समाज रुपान्तरण गर्न लायन्स सदस्यहरुलाई समाजका आवश्यक कार्यहरुलाई अगाडि बढाउन अनुरोध गरे ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेल, वडा नं. ७ का अध्यक्ष रामबहादुर क्षेत्री थापा, लायन्स डिस्ट्रिक्ट को–चिफ एडभाईजर बिनोद ढुंगाना, सिनियर एओजी कृष्णप्रसाद पौडल, बालकृष्ण बराल, मोतिप्रसाद पौडेल, सूर्य नारायण बराल, भक्तबहादुर केशी, डिस्ट्रिक्ट एडभाईजर सन्तोष घिमिरे, जोन चियर पर्सनहरु जीतबहादुर थापा र प्रदीप थापा, चार्टर प्रेसिडेन्ट समुन्द्रराम श्रेष्ठ, निवर्तमान अध्यक्ष सुजित हिराचन, टंकप्रसाद ढकाल, शंकर पाण्डे, सुजन कुमार श्रेष्ठ, मिनबहादुर लामिछाने, भीमलाल श्रेष्ठ, सञ्जय घिमिरे, कुशल लम्साल लगायतले वोलेका थिए । कार्यक्रममा झण्डाको बन्दना निवर्तमान सचिव प्रमोद लामिछानेले गरेका थिए ।लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष राजबहादुर थापाकोे अध्यक्षता रहेको कार्यक्रममा स्वागत प्रथम पीताम्बर तिम्सिनाले गरेका थिए भने सञ्चालन सचिव श्रीराम सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width