आइतबारदेखि ५ दिन मुसलधारे वर्षा, बाढी पहिरोको जोखिम

एजेन्सी
श्रावण ३, २०७७
monsoon-theme-photos

काठमाण्डौ, ३ साउन । आइतबारदेखि पाँच दिन देशभर मुसलधारे वर्षा हुने भएको छ ।

वर्षासँगै बाढी र पहिरोको जोखिम वढ्ने भएकाले असुरक्षित बस्तीमा बस्दै आएका वासिन्दालाई मौसमविद्ले सुरक्षित स्थानमा गएर बस्नु सुझाब दिएका छन् । राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आइतबारदेखि ५ दिन पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन सल्लाह दिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width