रोम विधान अनुमोदन माग्दै ज्ञापन

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७७
memorandam

पोखरा ।  अन्तर्राष्ट्रिय न्याय दिवस अवसरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, गैसस महासङ्घ नेपाल गण्डकी प्रदेश समिति , गैसस महासङ्घ नेपाल कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा, शान्तीका लागी नागरिक समाजको सञ्जाल , जिल्ला अदालत बार एशोसियसन, महिला मानव अधिकार रक्षक सञ्जाल कास्की,हुर्जा, एमनेष्टी इन्टरनेशनल अन्नपूर्ण समूह ५४ र समूह ८२ पोखरालगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको हस्ताक्षर रहेको छ ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बराललले मानवअधिकारको सम्मानका लागि रोम विधानको अनुमोदन गर्नु आवश्यक बताए ।

‘रोम विधानअन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध, आमनरसंहार र मानवताविरूद्धको अपराधजस्ता गम्भीर अपराधमा संलग्नहुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्ने,’ ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सम्बन्धित कार्यलयमा पठाउने बताए ।

हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानमा १ सय ३९ राष्ट्रले हस्ताक्षर गरेकामा १ सय २४ राष्ट्रले अनुमोदन गरिसकेका छन् ।

रोम विधानअन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानूनद्वारा परिभाषित युद्ध अपराध, आमनरसंहार र मानवताविरूद्धको अपराधजस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितका लागि न्याय सुनिश्चित गर्ने महत्वपूर्ण काम गर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width