राष्ट्रिय सभा पूर्व सदस्य गुरुङको निधन

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७७
dipak grg

पोखरा, २ साउन ।  राष्ट्रिय सभाका पूर्व सदस्य एवं भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्ष मेजर दीपक गुरुङको निधन भएको छ ।

काठमाडौं नर्भिक अस्पतालमा उपचारक्रममा उनको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको परिवारजनले जनाएको छ ।

कास्कीको मादी गाउँपालिका वडा २, ताङतिङ स्थायी बसोबास भएका गुरुङ लामो समयदेखि मधुमेह, उच्च रक्तचाप रोगबाट पीडित थिए ।

काँग्रेस नेता गुरुङका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width