कालिका लघुवित्तको का.मु. प्रमुख कार्यकारीमा खत्री

एजेन्सी
श्रावण २, २०७७
Kamal Khatri Acct CEO Pic

कालिका लघुवित्त वित्तिय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृतमा कमल खत्री नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले खत्रीलाई का.मु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत रहेका मीनबहादुर बोहरा बाहिरिएपछि नायव प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीले का.मु. प्रमुखको जिम्मेवारी पाएका हुन् ।

२३ वर्षको वित्तीय अनुभव संगालेका खत्रीसँग जनसेवी लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभवसमेत रहेको छ ।

जनसेवी र कालिकाको मर्जरपछि उनी संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width