दोस्रो पोखरा फोटोग्राफी अवार्ड भाद्र ३ मा

आदर्श समाज संवाददाता
श्रावण २, २०७७
IMG_9763-2

पोखरा फोटोग्राफर संघ पोखरा नेपालद्वारा सञ्चालित दोस्रो पोखरा फोटोग्राफी अवार्ड यही भाद्र ३ गते हुने भएको छ ।

संघको ३९ औं वार्षिकोत्सवको अवसर पारेर आयोजित खुला रक्तदान तथा पोखरा फोटोग्राफी अवार्ड घोषणा कार्यक्रम शुक्रबार मानवअधिकार चोकमा सम्पन्न भएको छ ।

अग्रज फोटोग्राफरको सम्मान र प्रतियोगिताको माध्यमबाट सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गरिदै आएको फोटोग्राफी अवार्ड विभिन्न विधामा प्रदान गर्ने गरिएको छ ।

संघले २०७५ सालबाट सुरु गरेको अवार्ड हरेक दुई वर्षको विश्व फोटो फोटोग्राफी दिवस पारेर वितरण गर्ने गर्दछ ।

संघका अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका संरक्षक गणेश छवि, गण्डकी फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष शिवहरी अधिकारी, पुर्व अध्यक्ष नारायण बाटाजु, निवर्तमान अध्यक्ष तुलसीराम सुवेदी लगायतले बोलेका थियो ।

संघले हरेक वर्ष श्रावण २ गते वार्षिकोत्सव विशेष कार्यक्रम गर्दै आइरहेको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक नन्दकला पौडेलले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको सञ्चालन संघका सचिव कपिल सापकोटाले गरेका थिए भने धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन प्रथम उपाध्यक्ष परशुराम आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width