महानगरको विपद् कोषमा नामग्याल थुप्तेनको सहयोग

एजेन्सी
श्रावण २, २०७७

विपद् कोषमा नामग्याल थुप्तेनको सहयोग

पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा पाल यूवाम नामग्याल थुप्तेन दारगेलिङं (विद्यालय) फाउण्डेसन पोखराले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, विद्यालयका प्रिन्सिपल ग्याच्छो गुरुङ, शिक्षक छिमे गुरुङ र सोनाम लामा सतिको टोलीले महानगर प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरे ।

कोरोना कहरसँगै बाढीपहिराको सामना गर्नुपरेको बताउँदै सांसद इन्द्र धारा विष्टले संकटका बेला सबैले सहयोग गर्नुपर्ने बताए । महानगर प्रमुख मानबहादुर जिसीले कोरोनासँगै बाढी पहिरोले नागरिकले ज्यान गुमाउनु परेको दुःखमा सबैले साथ दिनुपर्ने बताए ।
फाउण्डेसनले पोखरा महानगरपालिकाभित्र पाँच सय परिवारलाई महानगरसँगको समन्वयमा राहतसमेत वितरण गर्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width