लकडाउनमा बढे बलात्कारका घटना

रासस
श्रावण २, २०७७
rape-balatkar

दाङ, २ साउन । बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए ।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन् । यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीनतीन, हत्या– बोक्सी आरोप – घर निकाला – जातीय भेदभाव–तालाबन्दी एकएक, बन्दहड्ताल र आत्महत्या दुरुत्साहन दुईदुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुव्र्यवहारसम्बन्धी पाँच घटना भएको इन्सेकले जनाएको छ । रासस

Related News

सम्बन्धित समाचार

hero news full width