पोखरा, २ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारदेखि स्नातकोत्तर तहको अध्यापन शुरु भएको छ ।
विद्यार्थीको स्वागतमा प्रतिष्ठानले बिहीबार पोखरा–१० रामघाटस्थित प्रतिष्ठानमा आयोजित समारोहमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
चिकित्सा शिक्षा आयोगबाट हाललाई १७ सिट स्वीकृतबमोजिम खुला १२ जना र सरकारीतर्फबाट ५ जना गरी १७ जना चिकित्सक विद्यार्थी भर्ना भएका छन् ।
गत वर्ष असोज १० को आयोगको कार्यकारी समिति बैठकले प्रतिष्ठानमा जनरल सर्जरीमा ४, प्रसूति तथा स्त्री रोगमा ४, हाडजोर्नीमा २, जनरल मेडिसिनमा २, बालरोगमा २, एनेस्थेसियोलिजीमा ३ गरी कुल १७ सिट स्वीकृत गरेको प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले जानकारी दिए । तीमध्ये सरकारका तर्फबाट चिकित्सकलाई ९ र खुलातर्फका चिकित्सलकाई ८ सिट छुट्याइएको थियो ।का
र्यक्रममा प्रतिष्ठानका डिन नरेन्द्रविक्रम गुरुङ, सहायक डिन प्राडा रविप्रसाद रेग्मी, प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य लगायतले प्रतिष्ठानका बारेमा बोलेका थिए ।
२०१३ सालमा सोल्जर बोर्ड अस्पतालको नाममा पोखरामै पहिलो पटक स्थापित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल २०७२ साल माघ १२ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित भएको हो ।
विश्वव्यापरुपमा फैलिएको कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा उपचार सम्बन्धमा अस्पताललाई प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पतालको रुपमा सूचीकृत गरेको थियो । अस्पतालमा प्रि–आइसोलेसन र आइसोलेन वार्ड निर्माण गरी कोरोना संक्रमितको उपचार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१